काठमाडौं। ‘बुढी गण्डकी आयोजनामा अर्बौ भ्रष्टाचार भएको’ खुलासा गरेका पुर्वप्रधानमन्त्री डा. बावुराम भट्टराइको अभिब्यक्तिलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले खण्डन गरेका छन्।
शुक्रबार ६५औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले बाबुरामको आरोपको खण्डन गरेका हुन्।
प्रधानमन्त्री ओलीले भने, ‘हामी त्यस्तो गैरजिम्मेवार र अनैतिक हुन सक्दैनौ, त्यस्ता हर्कत हामी गर्न सक्दैनौ।’
आफ्नो सरकारले भ्रष्टाचारविरुद्ध शुन्य सहनशिलताको निति लिएको दावी गर्दै ओलिले भट्टराईप्रति संकेत गर्दै उनले भने, ‘केहीले गैह्रजिम्मेवार तरिकाले बोलेर हिँडेको सुनेँ, कार्यारम्भ नै नभएको कसले कसरी काम गर्छ भन्ने टुंगो नभएको आयोजनामा बाँडेर खाए भन्ने गैह्रजिम्मेवारी अभिव्यक्ति निराधार छ।’
‘हामी जिम्मेवार भएर मात्रै अगाढी बढ्छौं’ प्रधानमन्त्री ओलीले भने–‘भ्रष्टाचार बिरुद्धको सुन्य सहनशिलता र कार्यान्वयनमा प्रहरीको मूख्य भुमिका हुन्छ।’
डा. भट्टराईले केही दिनअघि प्रधानमन्त्री ओली, प्रचण्ड र काङ्ग्रेस सभापति शेरबहादुर देउवाले बुढीगण्डकी आयोजनाको अर्बौ रकम बाँडेर भ्रष्टाचार गरेको आरोप लगाएका थिए।