कर्णालीको टोली खुमलटार र बालुवाटारमा



काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपालले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको टोलीसँग भेटवार्ता गरेका छन्।

बिहिबाबार प्रचण्डनिवास खुमलटारमा मुख्यमन्त्री शाही नेतृत्वको टोलीले प्रचण्ड-नेपाललाई भेटेको छ।

भेटमा मुख्यमन्त्री शाही नेतृत्वको टोलीले कर्णालीमा विकसित घटनाक्रमबारे जानकारी गराएको छ ।

नेकपाकै १८ सांसदले मुख्यमन्त्री शाहीलाई संसदीय दलको नेताबाट हटाउन पार्टीमा अविश्वासको प्रस्ताव दर्ता गराएपछि नेकपा कर्णालीको विवाद केन्द्रमा पुगेको छ।

नेता नेपाल निकटका तीन सांसदलाई मन्त्री र एक सचेतक बनाउने सर्तमा मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताव रोकिएको थियो।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार दुवै समूहसँग प्रधानमन्त्री ओलीले शुक्रबार छलफल गर्ने छन्। कर्णालीबाट काठमाडौं पुगेको टोलीले कित्ताकाट जारी राखेको छ। प्रचण्ड-नेपाल खेमाले बोलाएको बैठकमा ओली खेमाका नेताहरू उपस्थित भएनन्।