कोहलपुर (बाँके) । नेपालमा दैनिकजसो हुने बलात्कार र बलात्कार पछि हुने हत्याको बिरोधमा युथ अफ कोहलपुरको आयोजना र One Earth One Love बाँकेको समन्वयमा शान्ति र्याली सम्पन्न भएको छ।
‘हिजो निर्मला, आज सम्झना, भोलि हजुरको कोही…’ नारा लेखिएको व्यानर सहित उपस्थित भएका युवाहरूको र्याली न्यूरोडबाट सुरु भई चौराहा चोक परिक्रमा गरि साझा चोक हुँदै पुनः न्यूरोडमा पुगेर कोण सभामा परिणत भएको थियो।
One Earth One Love बाँके जिल्ला संयोजक सरोजराज शाहीको नेतृत्वमा ‘आमा नै राष्ट्रपति भएको देशमा छोरीले न्याय पाएनन्’ ‘we want justice’, ‘enough is enough’, ‘rape केटाले होइन rapist ले गर्छ’, ‘छोटो मेरो लुगा होइन, छोटो तिम्रो सोच हो’, ‘hang the rapist’, ‘no more rape’, ‘नारी माल होइन मान हो’, ‘कसले दिने हामीलाई सुरक्षा, कसले दिने हामीलाई न्याय’, ‘सरकार देखाऊ ईच्छा, खोइ त नारीको सुरक्षा’ लगायतका पर्चा पम्प्लेट सहित स्वतन्त्र राष्ट्रिय अभियान बाँकेका सदस्य बासुदेव ढकाल लगायत सयौं युवाहरू र्यालीमा सहभागी भएका थिए। र्यालीमा HDN TEAM HUMANITY AND DEVELOPMENT र BETTER BANKE टिमको पनि सहभागिता रहेको थियो।
कोण सभामा One Earth One Love बाँके जिल्ला संयोजक सरोजराज शाही, स्वतन्त्र राष्ट्रिय अभियान बाँके जिल्ला संयोजक कृष्ण प्रसाद उपाध्याय, सामाजिक अभियन्ताहरू साहिल अनसारी, प्रकाश कुँवर लगायतले आफ्नो भनाई प्रस्तुत गरेका थिए।
केही तस्बिरहरू