काठमाडौं। कोरोना संक्रमितको संख्या बढेसँगै अस्पतालहरूमा बिरामीको चाप बढ्दा अक्सिजनको अभाव भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको लक्षणसहितका बिरामी बढ्दै गए आगामी दिनमा अस्पतालहरूले धान्न नसक्ने बताउँदै आएको छ।
कोभिड–१९ का लक्षणसहितका बिरामीको संख्या बढ्दै गर्दा अस्पतालको शैय्या भरिन थालेको छ भने आइसीयू र भेन्टिलेटरको समेत अभाव हुन थालेको छ।
संक्रमितमा ज्वरो, रुघा-खोकी, श्वासप्रश्वासमा समस्या, जिउ दुख्ने, स्वाद अथवा गन्ध थाहा नपाउने आदि लक्षण देखिएर धेरै गाह्रो भएमा मात्रै अस्पताल आउन मन्त्रालयले आग्रह गरिरहँदा बिरामीले सहज रुपमा बेड पाउन सकेका छैनन्।
अहिले देशमा लाखबढि संक्रमित छन्। ती मध्य ३६ हजारबढी सक्रिय संकमित छ। बितेको २४ घन्टामा करिब ४ हजार संक्रमित थपिएका छन्।