“ठूला भ्रष्टाचार छानबिन गर्न जनलोकपाल गठन गरौं”



काठमाडौं। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ठूला भ्रष्टाचार काण्डको छानवीन गर्न अधिकारसम्पन्न जनलोकपाल गठनको माग गरेका छन्।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बुधबार विज्ञप्ति जारी गरी बुढीगण्डकी जलविद्युत आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घुस लिएको प्रमाण पेश गर्न चुनौती दिएपछि भट्टराईले यस्तो प्रस्तावअघि सारेका हुन् ।

बुधबार साझा भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘बुढीगण्डकी, एनसेल, वाइडबडी, सुरक्षा प्रिन्टिंग, यति, ओम्नीलगायत सबै ठूला भ्रष्टाचार काण्डको छानवीन र दण्डसजाय गर्न अधिकारसम्पन्न जनलोकपाल गठन गरौं। सबै उच्च पदासीनहरूको सम्पत्ति छानवीन गरौं। म पूर्ण सहयोग गर्न र दोषी ठहरे दण्डित हुन तयार छु।’

गत २२ असोजमा गृहजिल्ला गोरखामा भट्टराईले बुढीगण्डकी जलविद्युत आयोजनाबाट प्रधानमन्त्री केपी ओली, पूर्वप्रधानमन्त्री प्रचण्ड र शेरबहादुर देउवाले ९ अर्ब रुपैयाँ घुस लिएको प्रमाण आफूसँग रहेको बताएपछि उक्त विषय राष्ट्रिय चर्चाको विषय बनेको छ।