काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका महासचिव बिष्णु पौडेललाई अर्थमन्त्रीमा नियुक्त गरेका छन्।
त्यस्तै कृष्ण गोपाल श्रेष्ठ सहरी विकास मन्त्री र पार्वत गुरुङ सञ्चार मन्त्री बनेका छन्। लुम्बिनी प्रदेशको राजधानीसङ्ग मन्त्री पद साटेको भन्दै नेपाली काङ्ग्रेसले महासचिव पौडेलको चर्को आलोचना गरेको थियो।