बाके। गायिका जमुना रानाको “मेरो माया” बोलको गीत सार्वजनिक भएको छ। गीतमा खुमन अधिकारीको लय र शिव हमालको शब्द रहेको छ।
जमुना र खुमनको आवाज रहेको यस गीतलाई सुजन म्युजिक प्रालिले बजारमा ल्याएको हो। अमर सुनारले निर्देशन गरेको यो गीतको छायांकन करण चैसिरले गरेका हुन्। गीतको म्युजिक भिडियोको सम्पादन मनोज कार्कीले गरेका छन्। गीतमा लोमश शर्मा, बबिन सिंह ठकुरी, दिब्यानी ओली र बबिता श्रेष्ठको अभिनय देख्न सकिने छ।
भिडियो हेर्न यसमा क्लिक गर्नुहोस