जुम्ला प्रतिष्ठानमा तेस्रो डिन नियुक्त, चौतर्फी बिरोध



सुर्खेत। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले तेस्रो डीन नियुक्ति गरिएका छ।

प्रतिष्ठानका उपकुलपति प्रा.डाक्टर राजेन्द्रराज वाग्लेले मनपरी तरिकाले तेस्रो डिन नियुक्त गरेका हुन्।

आवश्यकता नभएको र कसैसँग छलफल नगरि डिन नियूक्त गरेको बताउँदै प्रतिष्ठानका कर्मचारीहरु बिराेधमा उत्रिएका छन्। अनावश्यक आर्थिक भार थपिएको भन्दै उक्त कदमको चौतर्फी बिरोध भएको छ।

कर्णाली प्रतिष्ठानको कर्मचारी कल्याणकारी समाजले प्रेस विज्ञप्ति जारी गरेर प्रतिष्ठानका दुईवटा डीन हुँदाहुँदै जनस्वास्थ्य संकायको डिनमा प्रा.डाक्टर मुनिराज क्षेत्रीलाई नियूक्ती गरिएको विषयमा विरोध गरेको छ।

कर्णाली प्रतिष्ठानको कर्मचारी कल्याणकारी समाजका अध्यक्ष रमाकान्त उपाध्यायले उपकुलपति वाग्लेले प्रतिष्ठानको सम्पर्क कार्यालय ललितपुरबाट गत असोज २६ गते जनस्वास्थ्य संकायको डीन नियूक्त गरिएको विषयको विरोध गर्दै २४ घण्टाभित्र उक्त निर्णय फिर्ता लिन चेतावनी दिएका छन्।

समाजले सो निर्णय उपकुलपतिले नसच्याएमा कडा आन्दोलन गर्ने चेतावनी दिएको छ।

कर्णाली प्रतिष्ठानमा अहिलेका ३ वटा डीन मध्य पहिलो सरस्वती गौतम, दोस्रो प्राध्यापक डाक्टर रेशमबहादुर राना छन्।