प्रदेश सभादलको सचेतकमा कुर्मराज शाही



काठमाडौं। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सभादलको सचेतक पदमा कुर्मराज शाहीलाई नियुक्त गरेका छन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश सभा दलको नेता तथा मुख्यमन्त्री शाहीले मंगलबार कालिकोटका शाहीलाई सभादलको सचेतकमा नियुक्त गरेका हुन्।

केही दिन पहिले मुख्यमन्त्रीका विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने १८ जनामा समाबेश भएका शाहीलाई उक्तपदमा नियुक्ति दिइएको हो।                                                                                                                                  मुख्यमन्त्री शाहीले गत आईतबार गुलावजंग शाहलाई प्रदेश सभादलको प्रमुख सचेतकको जिम्मेवारीबाट पदमुक्त गरेर सिताकुमारी नेपाली उक्त पदमा नियुक्त गरेका थिए।