काठमाडौं। बितेको २४ घण्टामा कोरोना भाइरसबाट थप १८ जनाको मृत्यु भएको छ।
मंगलबारको नियमित पत्रकार सम्मेलन मार्फत स्वास्थ्य मन्त्रालयले कोरोनाबाट थप १८ जनाको मृत्यु भएको जानकारी दिएको हो।
यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ६६३ पुगेको मन्त्रालयले जनाएको छ।
हाल देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या ३५९१५ पुगेको छ। बितेको २४ घण्टामा ३५५६ जनामा संक्रमण पुष्टि भएको छ।