नेकपाले अभुतपूर्व अवसर गुमायो: लक्ष्मण शाही



सुर्खेत। (नेकपा) को सत्ता केन्द्रित फोहोरी खेलेको चौतर्फी बिरोध भैरहेको छ। खैर जनताको आलोचना र बिरोधलाई नेकपाले वास्ता भने गरेको छैन।

नेकपाको केन्द्रदेखि स्थानीय तहसम्म पुर्व एमाले र पुर्व माओवादी गुटबीच सत्ता हत्याउने खेलप्रती प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले आपत्ति जनाउँदै आएको छ।

यसैक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्रीका विरुद्ध सत्तारुढ नेकपाकै १८ जना प्रदेशसभा सदस्यहरुले अविश्वासको प्रस्ताव दर्ता गरेपछी नेपाली काङ्ग्रेसका युवा नेता लक्ष्मण शाहीले खरो टिप्पणी गरेका छन्।

इतिहासले अभुतपूर्व अवसर दिएकाे स्पष्ट पार्दै नेता शाहीले निजी स्वार्थ, पद तथा अहंकारका कारण नेकपा भ्रष्ट र जनताबीच असफल बनेको टिप्पणी गरे।

सामाजिक सन्जालमा सक्रिय शाहीले कम्युनिस्ट सरकारले देशलाई अन्धकारमा धकेलेको आरोप लगाएका छन्।

साथै उनले संकटको बेलामा पनि लाजपचेको नेकपाले सत्ताको खेल खेलिरहेको प्रष्ट पारेका छन्। नेकपाको प्राथमिकतामा कोरोना महामारी नपर्नु तर, कर्णाली प्रदेशमा सरकार बदल्ने र केन्द्रीय सरकार मन्त्रीमण्डल फेर्नेमा पुग्ने विषय समयानुकूल नभएको नेता शाहीको भनाइ छ।

साथै उनले सत्ताको भागबन्डाबारे नभएर कोरोना संकटबाट देश र जनताको जीवनको रक्षा गर्ने विषयमा केन्द्रित हुन नेकपालाई सुझाव दिएका छ्न्।