काठमाडौं। शिक्षामन्त्री गिरीराजमणि पोखरेललाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।
उनका प्रेस सल्लाहकार सुनिल खड्काले पोखरेललाई संक्रमण भएको पुष्टि गरेका थिए। शनिबार ज्वरो आएपछि अस्पताल भर्ना भएका पोखरेललाई परीक्षणका क्रममा कोरोना देखिएको हो।
पोखरेलको स्वास्थ्य अवस्था सामान्य छ। शनिबार पर्यटन मन्त्री योगेश भट्टराईमा पनि कोरोना संक्रमण देखिएको थियो।