डा. केसीले तोडे १९औं अनशन



काठमाडौं। डा. गोविन्द केसीले गत भदौ २९ गतेदेखि सुरु गरेको १९औं आमरण अनशन तोडेका छन्।

शनिबार राति सरकारसँग ८ बुँदे सहमति भएपछि डा. केसीले २८औं दिनमा आइतबार अनशन अन्त्य गरेका हुन्।

डा. केसीले त्रिवि शिक्षण अस्पतालका सफाइ कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर अनसन तोडेका हुन्। ४६ वर्षीय नेपाली कोरोना संक्रमण भएर निको भएका हुन्।

चिकित्सा शिक्षा सुधारका बिभिन्न ६ बुँदे मागहरु राख्दै डा. केसीले गत २९ भदौदेखि जुम्लाबाट १९औं अनशन सुरु गरेका थिए।

उनलाई आठौं दिनमा काठमाडौं ल्याइएको थियो। उनलाई त्रिवि शिक्षण अस्पतालको कोठा नं. ५०१ मा राखिएको थियो।                                                                                                                                                        तस्बिर: विनोद कटुवाल