जुम्ला। जुम्लाको चनदनाथ नगरपालिकाकी प्रमुख कान्तिका सेजुवाललाई कोरोना संक्रमण पुष्टि भएको छ।
शुक्रबार कर्णाली स्वास्थ्य बिज्ञान प्रतिस्ठान जुम्लामा स्वाब परिक्षण गर्दा सेजुवाललाई संक्रमण पुष्टि भएको मेयर सेजुवालले सामाजिक संजाल मार्फत जानकारी दिएकी छ्न्।
उनका अनुसार संक्रमण भएता पनि आफूमा कुनै लक्षण नदेखिएको र होम आइसोलेशनमा रहेको बताएकी छन्। उनले आफूसंग संपर्कमा रहेका सुभ चिन्तकहरुलाइ स्वास्थ्यमा समस्या देखिए नगरपालिकाको संपर्कमा आउन पनि अनुरोध गेरेकी छ्न।
त्यसै गरि सनिबार स्वाबको रिपोर्ट आउँदा जुम्लाकी पुर्वराज्य गोमा कुवरलाई पनि कोरोना संक्रमण पुष्टि प्रतिस्ठानले जनाएको छ। कुवरसहित ६ जनाको रिपोर्ट पिजेटिभ आएको छ।