बाँकेमा थप दुई जना कोरोना संक्रमितको मृत्यु



कोहलपुर। बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुई जना कोरोना सङ्क्रमितको शनिबार राति मृत्यु भएको छ।

नेपालगञ्ज उपमहानगरपालिका–१० का ८४ वर्षीय पुरुष र कोहलपुर नगरपालिका वडा नंं ८ का ७१ वर्षीया महिलाको उपचारका क्रममा गएराति मृत्यु भएको हो।

उनका अनुसार नेपालगञ्जस्थित भेरी अस्पतालको कोरोना आइसोलेसन वार्डमा उपचाररत पुरुषको शनिबार राति ९ः५५ बजे मृत्यु भएको थियो भने त्यसको पाँच मिनेटको अन्तरमा १० बजे महिलाको मृत्यु भएको थियो।

श्वासप्रश्वासमा समस्या देखिएपछि पिसीआर परीक्षण गर्दा पुरुषमा गत असोज ६ गते र महिलामा १४ गते कोरोना सङ्क्रमण देखिएको थियो।

योसहित बाँके जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २६ जना पुगेको छ। त्यस्तो बाहिरी जिल्लाबाट उपचारको क्रममा बाँकेमा आई मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ।

बाँकेको भेरी अस्पतालमा आठ र शिक्षण अस्पताल कोहलपुरमा १२ गरी २० सङ्क्रमित सिकिस्त अवस्थामा छन्।