एलिनाको ‘बन चरी’ बजारमा



जुम्ला। पछिल्लो समयकी चर्चित र लोकप्रिय गायिका एलिना चौहानको आवाजमा ‘बन चरी’ बोलको गीत सार्वजनिक भएको छ।

म्युजिक भिडियोसहित युट्युबमा सार्वजनिक गरिएको गीतमा भूमिका सुब्बाको शब्द रचना रहेको छ भने साजन राईको सङ्गीत रहेको छ।

माइती र चेलीको सम्बन्धमा आधारित सुमधुर गीतले नेपालीहरूको महान चाड दशैं र तिहारको झल्को दिन्छ। गायिका चौहानको सुमधुर आवाजमा सजिएको यस गीतमा अभिनेत्री लक्ष्मी बर्देवाको अभिनय रहेको छ।

भिडियोलाई किरण चाम्लिङले निर्देशन गरेका हुन्। गीत तथा गीतको भिडियोमा आफूलाई जन्म दिने आमा बुवा र आफू हुर्केको ठाउँलाई छोडेर जानुपर्दाको पिडा र सम्झना मार्मिक भावमा प्रस्तुत गरिएको छ।

चाडबाड आउँदा आउने याद र टाढा हुनुको पीडा म्युजिक भिडियोमा महसुस गर्न सकिन्छ। साथमा गीतले आमा छोरीको सबन्धलाई पनि सुन्दर तरिकाले प्रस्तुत गरिएको छ।

गीतलाई बिजु कर्माचार्यले एरेन्ज गरेका हुन भने भर्जिन भोइसमा रेकर्ड गराइएको गीतलाई रोबर्ट लिम्बु सुब्बाले रेकर्ड गरेका छन्। अनिल रानाले सम्पादन गरेको भिडियो भूपेन्द्र तुबहाम्फेले खिचेका हुन्।

Video link – https://www.youtube.com/watch?v=7FuOUtfV7P0