सचेतक चौधरीलाई आईसियुमा सारियो



काठमाडौं। वीर अस्पतालको साधारण वार्डमा उपचाररत नेकपाकी सचेतक शान्ता चौधरीको स्वास्थ्य अवस्थामा सुधार नआएपछि गएराति आइसियुमा सारिएको छ।

दमले च्यापिरहेकै बेला उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो।

कोरोना पुष्टि भएर अस्पतालमा भर्ना भएपछि उनले आफ्नो स्वास्थ्यप्रति चिन्ता गर्नेहरुलाई आफूलाई श्वास फेर्न गाह्रो भएको भन्दै फोन नगरि एसएमएस गर्न आग्रह गरेकी थिइन्।

उनलाई गत असोज १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो।