समिक्षा र सुशीलको स्वरमा ‘गाजलैको धर्को’ सार्वजनिक



बाँके। पछिल्लो समय सानै उमेरमा लोक तथा दोहोरी गीतको क्षेत्रमा भाईरल हुनेहरु बढीरहेका छन्।

यसै क्रममा चर्चा र परिचर्चा हुने नाम थपिएको छ शुसिल सुन्दास। उमेरमा सानै भएपनि दोहोरी गाउन अब्बल रहेका शुसिलले धेरै गायक गायिकासँग दोहोरी खेलेर सामाजिक सञ्जाल तताएका थिए।

तिनै भाईरल ब्वाई शुशिलले पछिल्लो समयमा सर्वाधिक चर्चामा रहेकी गायिका समिक्षा अधिकारीसँग आफ्नो पहिलो गीत सार्वजनिक गरेका छन्। गीतमा समिक्षा अधिकारी र शुसिल सुन्दासको स्वर रहेको छ।

यस गीतमा शब्द सृजनाकुमार परियारले गरेका हुन्। यस गीतमा युवाहरुको मनमुटुमा बस्न सफल गायक तथा सर्जक खेम सेन्चुरीले लय सृजना गरेका छन्। यस गीतलाई निर्देशन मौसम हिमालीले गरेका छन्।

गीतमा अभिनय चर्चित मोडेल करिश्मा ढकाल, बिनोद सुन्दास, पूजा सुन्दास र गायक स्वयमले अभिनय गरेका छन्। अर्जुन चापागाईंले सम्पादन गरेको गीतलाई करण चैसिरले खिचेका हुन्।