तीन दर्जन नेकपाका कार्यकर्ता कांग्रेसमा प्रवेश, नेता शाहले गरे स्वागत



जाजरकोट। जाजरकोटको शिवालय गाउँपालिकामा नेकपाबाट निर्वाचित दुई जना जनप्रतिनिधिसहित तीन दर्जनभन्दा बढी नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

बुधबार शिवालय ५ थालारैकरमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा तत्कालिन नेकपा एमालेबाट स्थानीय तहको निर्वाचनमा विजयी दुई जना वडा सदस्यसहित तीन दर्जनभन्दा बढी स्थानीय नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन्। वडा नम्बर ५ का वडा सदस्य कर्णबहादुर खत्री र नैनसरा बिकलगायत नेकपाका नेता कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेको छन्।

त्यस्तै नेकपाका वडा सचिव शेरबहादुर खत्री, कर्ण बिक, युवा संघका नेता डिलबहादुर खत्री, डिलबहादुर क्षेत्री, गणेश शाही, केशवप्रसाद रेग्मी, धन खत्री, वीरबहादुर खत्री, जय बहादुर नेपाली, वसन्त खत्री, देवबहादुर शाही, खगिसरा खत्री, प्रेमबहादुर शाही, मंगल खत्री, गजबहादुर पाइजामगर, भरत शाही, हेमन्तबहादुर शाहीलगायत रहेका छन्।

नवप्रवेशीलाई पूर्व सभासद एवं नेपाली कांग्रेसका जनप्रिग युवा नेता राजीवविक्रम शाह, नेपाली कांग्रेस जाजरकोटका सचिव खडक बिसी, युवा नेता शेरबहादुर शाही, जनक शाही, जसबीर ओली, भक्त बहादुर थापा, कृष्ण बहादुर शाही, वडा सभापति भक्तबहादुर शाहीलगायतले पार्टीको सदस्यता प्रदान गर्दै स्वागत गरेका छन्।