कोरोनाबाट बच्न मुटुरोगीले अपनाउनुपर्ने सावधानी



काठमाडौँ। सन् २०१९ को अन्त्यतिर चीनको बुहान सहरबाट फैलिएको कोरोना भाइरसले विश्वका १० प्रतिशतभन्दा बढी मानिसहरुलाई छोइसकेको छ।

थप रोगका बिरामीहरुलाई कोरोनाले बढी असर पार्छ भन्ने कुरा सबैलाई जानकारी नै छ। यो समाचारमा हामी कोरोनाबाट बच्न मुटुरोगीले कसरी बच्ने भन्नेबारेमा केही प्रसँहरु उल्लेख गर्ने प्रयास गर्नेछौं। कोरोनाका असर धेरै रहेको र जटिलतासमेत रहेका कारण मुटुरोगीले कोरोना लाग्न नदिन विशेष सतर्कता अपनाउनु जरुरी छ।

कोरोनाबाट बच्न बेलाबेलामा हात धुने, मास्कको उचित प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, विश्वस्वाथ्य संगठन र नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले जारी गरेका नियमहरु पालन गर्ने जस्ता प्रमुख उपायका साथै आफ्नो रोगको उचित नियन्त्रणमा ध्यान दिनुपर्छ।

स्वास्थ्यकर्मीसँग सहकार्य गरी आफ्नो रोगको उपचारमा के कस्तो सुधार ल्याउने ? तथा के कस्तो परिस्थितिमा आकस्मिक उपचारको उपयोग गर्ने ? आदि जान्नु जरुरी छ। त्यस्तै स्वास्थ्यकर्मीले पनि बिरामीको रोगअनुसार जोखिम निर्धारण गरी के कस्तो उपचार प्रणाली उपयोग गर्ने सल्लाह दिनुपर्ने हुन्छ।

साथै उच्च रक्तचाप तथा मुटुरोगका बिरामीले जटिल समस्या आउन नदिन जीवनशैलीमा सुधार गर्ने, व्यायाम गर्ने, खानपानमा ध्यान पु¥याउने, धूमपान नगर्ने चिल्लो कम खाने आदि गर्नुपर्छ।

मुटुरोगीमा कोरोनाले निम्त्याउन सक्ने समस्याहरू भयावह त छन्। तर आफ्नो उचित तयारी, उपचारमा नियमितता र समयमै स्वास्थ्यकर्मीको उचित सल्लाहअनुसार दैनिक जीवन पद्धति विकास गर्न सकियो भने समस्यालाई मुख्यतया नियन्त्रण गरी स्वस्थ जीवनयापन गर्न सकिन्छ।