यस्तो छ मौसम पूर्वानुमान



काठमाडौँ। मौसम पूर्वानुमान महाशाखाले बुधरबारको मौसम पूर्वानुमान जारी गरेको छ।

महाशाखाका अनुसार बंगालको खाडीको उत्तर–पश्चिम भागमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा रहेको छ । न्यून चापीय क्षेत्रको प्रभावका कारण हाल देशभर आँशिकदेखि सामान्य बदली रहेको छ । यसैगरी, आज दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ।

भने, प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै, राति देशभर आंशिक देखि सामान्य बदली रहि प्रदेश १ का एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।