जाजरकोट। जिल्लाको जुनीचाँदी गाउँपालिकामा भएको जिप दुर्घटनाप्रति नेपाली कांग्रेसका नेता तथा पूर्व-सभासद राजिवविक्रम शाहले दुःख व्यक्त गरेका छन्।
कांग्रेस नेता शाहले जाजरकोटको जूनीचाँदे गाउँपालिका वडा नम्बर १ औलखोलामा भएको जिप दुर्घटना परि ६ जनाको मृत्यु र एक जना बेपत्ता भएको खरबले दुखित तुल्याएको बताएका छन्।
कार्यकर्ता भेटघाटका क्रममा जाजरकोटको शिवालय गाउँपालिका ५ थालारैकरमा रहेका नेता शाहले दुर्घटनामा ज्यान गुमाउने वडा अध्यक्ष अम्मर बहादुर शाहीसहित मृतकप्रति श्रदाञ्जली अर्पण गर्नुका साथै परिवारजनामा गहिरो समवेदना प्रकट गरेका छन्।
पूर्व-सभासदसमेत रहेका नेता शाहले जीप दुर्घटनाले जाजरकोटलाई गहिरो क्षती पुगेको बताउँदै खोज तथा उद्धारमा लाग्न स्थानीय नेता कार्यकतालाई आग्रह गरेका छन्।