सास फेर्न गाह्रो भएपछि मात्रै अस्पताल आउन सरकारको आग्रह



काठमाडौँ। सास फेर्न गाह्रो भएपछि र अलि धेरै नै गाह्रो महसुस हुँदा मात्रै अस्पताल आउन सरकारले नागरकहरुलाई आग्रह गरेको छ।

बितेको २४ घण्टामा ३४३९ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएसँगै देशभर कोरोनाका संक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ। देशभर २५ हजार ७ संक्रिय पुगेका छन्। त्यस्तै प्रयोगशालामा १४ हजार २०९ नमुना परीक्षण गर्दा १२६१ महिला र २१७८ पुरुषमा संक्रमण पुष्टि भएको हो।

यससँगै कुल संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ। संक्रमितमध्ये ५७८ जनाको मृत्यु भएको छ। ६८ हजार ६६८ जना संक्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टामा मात्र ११२६ जना संक्रमणमुक्त भएका छन्।

१४ हजार ४११ होम र १० हजार ५९६ जना संस्थागत आइसोलेसनमा छन्। उनीहरुमध्ये २३३ जनाको आईसीयू र ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।