जाजरकोट। जिल्लाको जुनीचाँदे गाउँपालिका–१ औलभीरमा भएको जिप दुर्घटना परेर मृत्यु हुनेको संख्या ६ पुगेको छ।
बुधबार भएको सो दुर्घटनामा परी ५ जनाको घटनास्थलमै मृत्यु भएको थियो। दुर्घटनामा परेर घाइते लालबहादुर बुढाको मृत्यु भएसँगै मृतकको संख्या ६ पुगेको हो। दुर्घटना जुनीचाँदे वडा नम्बर ११ का वडाध्यक्ष अमरबहादुर शाहीको पनि मृत्यु भएको छ।
दुर्घटनामा वडाअध्यक्ष शाहीसहित स्थानीय खेमराज शाही, कृतिबहादुर शाही, कृष्णबहादुर शाही, मालिका बस्नेत र बुढाको मृत्यु भएको जनाइएको छ। दुर्घटनामा १ जना बेपत्ता छन्।