जाजरकोट। जिल्लाको जुनीचाँदे गाउँपालिका–१ औलभीर भन्ने स्थानमा भे १ ज ९३५ नम्बरको जिप दुर्घटना हुँदा वडा अध्यक्षसहित ५ जनाको मृत्यु भएको छ।
गाउँपालिकाका सूचना अधिकारी जयराम घर्तीका अनुसार जुनीचाँदे वडा नम्बर ११ का वडाध्यक्ष अमरबहादुर शाहीसहित पाँच जनाको मृत्यु भएको हो।
दुर्घटनामा परी मृत्यु हुनेमा स्थानीय खेमराज शाही, कृतिबहादुर शाही, कृष्णबहादुर शाही र मालिका बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनकारी दिएको छ। दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन्।
त्यस्तै २ जना बेपत्ता छन्। वडा अध्यक्ष शाहीसहितको टोली गाउँपालिकाको कार्यपालिकाको बैठकका लागि सदरमुकाम खलंगादेखि परालेतर्फ जाँदै थियो।