संक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो



काठमाडौँ। बुधबारसम्म नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २५ हजार नाघेको छ।

नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको जानकारी दिएका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि नै सक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिसगरेको थियो।

असोज ७ गते मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार बढी सक्रिय संक्रमित भए लकडाउन गर्नुपर्ने निष्कर्ष निकालेको थियो। २५ हजार बढी संक्रमित भए अस्पतालको पूर्वाधारमा व्यवस्थापन गर्न गाह्रो हुने मन्त्रालयको भनाइ छ। सरकारले यो सिफारिसलाई कार्यान्वयन गर्छ या के गर्छ भन्नेमा चाहिँ थप जानकारी दिइएको छैन।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले सक्रिय संक्रमितको संख्या २५ हजार पुगेपनि स्वास्थ्य मन्त्रालयलाई बन्दाबन्दी गर्ने अधिकार नभएको बताए। २५ हजारभन्दा माथि सक्रिय संक्रमित पुगेको अवस्थामा स्वास्थ्य संस्थाहरूले धान्न नसक्ने भनेर आंकलन गरेर यस्तो सिफारिस भएको उनको भनाइ छ।