शान्ता चौधरीलाई कोरोना संक्रमण



काठमाडौँ। सत्तारुढ (नेकपा) को संसदीय दलकी सचेतक शान्ता चौधरीलाई कोरोना संक्रमण भएको छ।

मंगलबार आएको पिसिआर रिपोर्ट अनुसार आफूलाई कोरोना संक्रमण भएको उनले बताइन्। ‘म कोठामै आइसोलेसनमा बसेकी छु। रुघा धेरै लागेको छ। टाउको पनि दुखेको छु उनले भनिन्, ‘दमको दिर्घरोगी भएकाले कोठामै बसेर हुँदैन कि भन्ने लागेको छ।’

सोमबारसम्म देशभर ८९ हजार २६३ जनामा कोरोना पुष्टि भएको छ। यद्यपि सक्रिय संक्रमितको संख्या २३ हजार ५०७ रहेको छ। हालसम्म ६५ हजार २०२ जना कोरोनाबाट निको भएका छन्।