बेलायतमा कोरोना संक्रमितको संख्या ५ लाख ३० हजार नाघ्यो



लन्डन । बेलायतमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट मृत्यु हुनेको संख्या जुलाई पछिकै सबैभन्दा बढी भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जनाएको छ।

पछिल्लो २४ घन्टामा बेलायतमा थप ७६ हजार जना कोरोना संक्रमितको मृत्यु भएको । बेलायतमा कोरोना संक्रमण पुष्टि भएको २८ दिनभित्र मृत्यु भएमा कोरोना संक्रमितको मृतकमा गणना गरिन्छ। मंगलबार साँझसम्म बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ हजार ४ सय ५५ पुगेको छ ।

मंगलबार सार्वजनिक तथ्याँक अनुसार २४ घन्टामा थप १४ हजार ५ सय ४२ जना नयाँ संक्रमित थपिएका छन्। योसंगै बेलायतमा कोरोना संक्रमितको संख्या ५ लाख ३० हजार एक सय १३ पुगेको सरकारी तथ्याँकले जनाएको छ ।

यसैगरी अस्पतालमा भर्ना हुने कोभीड १९ का बिरामीको संख्यामा पनि २५ प्रतिशतले वृद्धि भएको छ । मंगलबार मात्र ४ सय ६ जना कोरोना सनाक्रमित बिरामी अस्पताल भर्ना बहेका छन् । यो संख्या पनि जुलाई यताकै सबैभन्दा बढी हो । हाल बेलायतका अस्पतालमा २ हजार ८ सय ३३ जना कोरोना संक्रमित रहेका छन् ।