प्रदेश ५ को नाम लुम्बिनी, राजधानी भालुवाङ पारित



काठमाडौँ। देश ५ को नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुवालाई बनाउने प्रस्ताव बहुमतले पारित भएको छ।

कुल ८७ जना प्रदेशसभा सदस्य रहेको सभा बैठकमा ८२ जनाले मतदान गरेका थिए। जसमध्ये ६९ जनाले प्रदेश ५ को राजधानी दाङको भालुवाङ क्षेत्रलाई कायम गर्ने पक्षमा मतदान गरेका छन्। त्यस्तै १३ जना सांसदले दाङको विपक्षमा मतदान गरेका छन्।

भोटिङमा देउखुरीको पक्षमा ६९ र विपक्षमा १३ मत खसेको सभामुख पूर्ण बहादुर घर्तीले जानकारी दिएका छन्। उनकाअनुसार प्रदेशसभामा ८७ सदस्य रहेकामा आजको भोटिङमा ८२ सांसद उपस्थित रहेका थिए। भोटिङमा देउखुरीको पक्षमा बहुमत आएसँगै उनले स्थायी राजधानीको प्रस्ताव पारित भएको घोषणा गरे।

प्रदेश राजधानी दाङ कि बुटवल भन्नेमा तीव्र विवाद रहेको थियो भने विवादकै कारण सोमबारको बैठकमा काँग्रेस सांसदहरुले कुर्सी तोडफोड समेत गरेका थिए। अब प्रदेशको नाम टुंगो लगाउने विषयमा मतदान प्रकृया शुरु भएको छ। प्रदेशको नाम लुम्बिनी प्रस्ताव गरिएको छ।