मिलिजुली टिकटक परिवारद्वारा पीडितलाई ५० हजार सहयोग



काठमाडौँ। सामाजिक सञ्जाल टिकटकमा आवद्ध समूह (मिलिजुली टिकटक परिवार) ले असोज १९ गते सिन्धुपाल्चोक जिल्लामा सहयोग हस्तान्तरण गरेकोछ।

सिन्धुपाल्चोक जिल्लाको चौतरा सागाचोक गढी नगरपालिका वाड नम्बर १२ निवासी राजकुमार श्रेष्ठ र संगीता श्रेष्ठको १० बर्षिया छोरी रेजिना श्रेष्ठको असोज १३ गते असमाहिक निधन भएको थियो। रेजिनाले विद्यालय जान नपाएको भन्दै असोज १३ गते आफ्नै घरमा झुण्डियर आत्महत्या गरिकी थिइन। तर, अफसोच कोरोना माहामारिले गर्दा हाल देशभरको विद्यालय बन्द रहेको छ।

बछलादेवी आधारभुत बिध्यालयमा कक्षा ६ मा अध्यानरत छात्रा रेजिना श्रेष्ठ पढाईमा सधै प्रथम स्थान हासिल गरेको विद्यालयका प्रधानध्यापक बताउँछन्। मृतक बालिकाको परिवारको आर्थिक अवस्था कमजोर रहेको खबर सुनेपछि मिलिजुली टिकटक परिवारले केही सहयोग गर्ने मनसाय अनुरुप सिन्धुपाल्चोक पुगि नगद ५० हजार १ सय ५५ रुपैया आर्थिक सहयोग हस्तान्तरण गरेको छ।

करिब १ महिना अगाडिदेखि स्थापना भएको मिलिजुली परिवारका संयोजक एवं युवा समाजसेवी राजन कंडेलसहित मिलिजुली परिवारमा आवद्ध ९ जनाको टिम सिन्धुपाल्चोक पुगि मृतक बालिकाको आत्मको चिरशान्तीको कामना गर्दै शोकशंन्तप्त परिवारलार्इ उक्त रकम हस्तान्तरण गरेकोछ।

यस अघि पनि मिलिजुली परिवारले काठमाडौँ र बुटवलमा रक्तदान कार्यक्रम, बृद्वाआश्राममा रहेका असाहाय जेष्ठ नागरिकलाई न्यानो कपडा तथा खाद्यान्ह वितरण जस्ता कार्य गरेको थियो।

आजका युवा पुस्ताले यस किसिमको उदाहरणीय सामाजिक कार्यगर्दै नेपालमा मानवता अझै मरेको छैन भन्ने कुरामा विश्वस्त पारेका छन्। टिकटक मिलिजुली परिवारमा आवद्ध व्यक्तिबाटै संकलन गरिएको उक्त सहयोग रकमले पीडित परिवारलार्इ थोरै भए पनि राहत पुग्ने संयोजक राजन कडेलले बताए।