‘नमर्ने त केवल यिनै आशा रहेछन्’



गजल

रहर पनि कहिले काहीँ मर्दा रहेछन्।
नमर्ने त केवल यिनै आशा रहेछन्।

तितिलाई गुमाएपछि, यत्ती बुझेकी छु,
सम्बन्धमा निभाउने त सम्झौता रहेछन्।

मैले आफन्ति चिन्नै समय गुजारेछु,
दुःखमा टाढिनेहरु आफ्ना रहेछन्।

बुझेँ भेटिनेहरुसँग छुट्नै पर्दो रैछ,
नभेट्ने नछुट्ने त यी आँखा रहेछन्।

भुल्नु थियो तितिलाई, नसम्झने गरी,
यादहरु दिलाउने ती गोरेटा रहेछन्।

कुसुम समर्पण
 हाल, जापान