काठमाडौँ। विश्व स्वास्थ्य संगठनले विश्वको कुल जनसंख्याको १० प्रतिशत जनसंख्या कोरोनाभाइरसबाट संक्रमित भएको जनाएको छ।
डब्लुएचओका आपतकालिन प्रमुख डा।माइकल रायनले सोमबार सो जानकारी दिएका हुन्। उनका अनुसार विश्वभर अब १० जना बराबर १ जना संक्रमित हुन सम्भावना देखिदै गएको छ। यसको अर्थ विश्वको ठूलो जनसंख्या कोरोना महामारीको खतरामा पर्ने देखिएको छ।
उनकाअनुसार सहरी, ग्रामीण र केही समूहमा देखिएको संक्रमणको आँकडा भने फरक–फरक हुनसक्छ। उनले सतर्कताबाट मात्र धेरैको ज्यान बचाउन सकिने जानकारी दिएका छन्। पछिल्लो तथ्याँकअनुसार अहिले विश्वको कुल जनसंख्या ७ अर्ब ६० करोडभन्दा माथि भएको अनुमान छ। डब्ल्युएचओका अनुसार त्यसमध्ये अहिले ३।५० करोड मानिस कोरोनाबाट संक्रमित भइसकेका छन्।
दक्षिणपूर्वी एसियामा संक्रमित बढे
पछिल्ला दिन दक्षिणपूर्वी एसियामा पनि संक्रमण बढिरहेको छ। यद्यपि, युरोप र पूर्वी भूमध्यसागरीय क्षेत्र वरिपरि भने मृत्यु हुनेको संख्यो धेरै देखिएको छ। तर, अफ्रिका र पश्चिमी प्रशान्त क्षेत्र वरिपरि भने स्थिति राम्रो रहेको डब्लुएचओले जनाएको छ। डा.रायनले विश्वभर महामारी बढिरहेकोले सबैले सतर्क रहनुपर्ने चेतावनी दिएका छन्। उनका अनुसार संसार अझै केही समय निकै गाह्रो अवस्थाबाट गुर्जिँदैछ।