राजकुमार हमदका लागि मनास्लुमा बाटो बनाइँदै



काठमाडौँ। गत शनिबार दुई महिना नेपाल बसाईका लागि आएको बराइनका राजकुमारको टोलीले लोबुचे हिमाल आरोहण गरेको थियो।

मनास्लु हिमाल आरोहणको तयारीका लागि दक्ष शेर्पाहरुको एक टोली मनास्लुमा तैनाथ छ। राजकुमार नासिर बीन हमदसहितको टोलीलाई आरोहणमा सहजीकरण गर्न मनास्लु चुचुरोमा शेर्पा टोलीले बाटो बनाउने र डोरी टाग्ने काम गरिरहेको सेभेन समिट ट्रेकले जनाएको छ।

शेर्पाहरुको टोलीले दोस्रो क्याम्पसम्मको काम पुरा गरेर तेस्रो क्याम्पतर्फ प्रस्थान गरि सकेको छ। ८१६३ मिटर अग्लो मनास्लु हिमाल जारी सिजनमा पहिलो पटक आरोहण हुँदैछ।