काठमाडौँ। जम्मु काश्मिरको पुलवामा भएको आतंकवादी आक्रमणमा २ भारतीय सैनिक (सीआरपीएफ) को मृत्यु भएको छ। पुलवाको पामपोर क्षेत्रमा भएको आक्रमणमा उनीहरु मारिएका हुन्।
एक्कासि भएको आतंकवादी आक्रमणमा ५ जवान घाइते भएका थिए। घाइते ५ जनामध्ये २ जनाको उपचारका क्रममा मृत्यु भएको हो। घाइते अन्य ३ जवानको उपचार भैरहेको जनाइएको छ।
आक्रमण पंपोर बाइपासमा सोमबार १२ बजेर ५० मिनेट जाँदा भएको थियो। सीआरपीएफको ११० औं बटालियन र जम्मु कश्मीर पुलिसको संयुक्त टोलीमाथि आतंककारी आक्रमण भएको जनाइएको छ। अहिले सो क्षेत्रमा आक्रमणकारीको खोजी जारी रहेको जनाइएको छ।