काठमाडौँ। प्रदेश ५ को राजधानी दाङको भालुवाङ तोक्ने प्रस्ताव गरेपछि प्रदेशसभामा नेपाली कांग्रेसका सांसदको विरोध जनाएका छन्।
कांग्रेस सांसदहरुको विरोधका बाबजुद प्रदेशसभा बैठकलाई निरन्तरता दिइएको छ। विरोधका बीच बैठक चलाएको भन्दै कांग्रेस सांसदले प्रदेशसभाभित्र टेबुल र कुर्ची तोडफोड गरेका छन्। सोमबार जारी प्रदेशसभा बैठकमा नाम र राजधानी टुंगो लगाउने कार्यसूची छ।