पीसीआर मेशिन स्थानान्तरण गर्दा स्वास्व परिक्षणमा ढिलाई



जुम्ला। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको पीसीआर ल्याब मेेेसिनको स्थानान्तरण परिक्षणमा ढिलाई भएको छ।

जुम्ला स्थित प्रतिस्ठानको ल्याब तीन दिनदेखि मर्मत सम्भार भैरहेको नबराज श्रेष्ठ बताए। तीन दिनदेखि लगातार काम भैरहेको अब एक दुई दिन मै काम सकिने बताए।

योभन्दा पहिले ल्याबमा ठाउँ साँघुरो हुँदा काम गर्न गाह्रो भएकोले ल्याब मर्मत गरिएको पिसिआर ल्याब इन्चार्ज मानबहादुर बुढाले बताए। पीसीआर मेसिन बिग्रेको छ भन्ने खबर आएको छ के हो खास कुरा भनेर सोधिएको प्रश्नको जवाफमा बुढाले भने, ‘बजारको हल्ला त के के हुन्छ हुन्छ। त्यसकोपछि लाग्नु उचित हुन्न। बिग्रेको होईन, सारिएको हो।’

उनका अनुसार हामीलाई काम गर्दा साँघुरो हुने र सुरक्षित रहनु पर्ने हुँदा ल्याब मर्मत गरिएको हो। मर्मत आज सके आज नै स्वाब परिक्षण गरिने पनि उनले बताए।

पीसीआर ल्याबमा कार्यरत अर्का स्वास्थ्यकर्मी नबराज खड्काका अनुसार मुगु, जुम्ला र कालिकोटका करिब दुई सय जनाको स्वाब परिक्षणको तयारिमा रहेको बताए। कन्ट्र्याक्ट ट्रेसिन्ङका आधारमा सञ्कलन गरिएका स्वाव उनले पनि मर्मत सकिए लगत्तै परिक्षणको काम हुने बताए।

सुरु सुरुमा एक घण्टामा ९६ स्वाब परिक्षण गर्ने मेसिन ले हाल १८ वटा मात्र दुई तीन घण्टामा परिक्षण गरिरहेको नाम नखुलाउने सर्तमा एकजना प्रतिष्ठानका कर्मचारीले बताए।

त्यसै गरि प्रतिष्ठानको एक्सरे मसिन बिग्रेको ६ दिन बित्दा पनि बनेको छैन। मेसिनको ल्याम्प बिग्रेको यतिका दिन बित्दा पनि किन नबनेको भन्ने प्रश्नको जवाफमा मेकानिक अमर गुरुङ्गले सामान काठ्माण्डौँबाट मगाउनुपर्ने भएकोले मेशिन मर्मत कार्यामा ढिलाई भएको बताए।