पर्यटन तर्फका क्रियाकलापहरु बढ्न थाले



काठमाडौँ। सरकारले पदयात्रा र पर्वतारोहण खुला गरेसँगै पर्यटन तर्फका गतिविधि बढ्न थालेका छन्।

अहिले बहराइनका १८ जनाको टोली सगरमाथा क्षेत्रमा छ। बहराइनका राजकुमारसहितको टोलीले लोबुचे हिमाल चढिसकेको छ। अब सोही टोली मनास्लु हिमाल आरोहणमा जाने छ।

पर्यटन विभागका अनुसार एक टोलीले यो सिजन हिमाल आरोहणका लागि अनुमति लिएको छ। पदयात्राका लागि भने विदेशबाट पर्यटक आइसकेका छैनन्। नेपालीहरुको चासो भने बढेको व्यवसायी बताउँछन्।

घुमफिरका लागि आकर्षक प्याकेज ल्याएको यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार सगरमाथा क्षेत्रका लागि धेरै नेपालीले दशैंमा घुमफिरको योजनासहित प्याकेज बुक गरिसकेका छन्। दोस्रो आकर्षण मुगुको रारामा देखिएको छ। तेस्रोमा कास्कीको घान्दु्रक यात्राका लागि नेपालीको बढी बुकिङ आइरहेको छ।