८७ जना नेपाली शान्ति सेना सुडान प्रस्तान



काठमाडौँ। दक्षिण सुडानमा तैनाथ संयुक्त राष्ट्र संघ (UNMISS) मिशन High Readiness Company (HRC) को नियमित अदली बदलीको क्रममा पहिलो डफ्फाका ७८ जना नेपाली शान्ति सैनिक, मिशन ईलाका तर्फ प्रस्थान गरेका छन्।

सोमबार .(कोभिड १९) महामारीका दौरानमा शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप उक्त टोली सुडान तर्फ प्रस्थान गरेको हो।

अदली बदलीमा सम्पुर्ण सुरक्षा सतर्कता तथा प्रोटोकलहरूको पालना गरीएको शैनिक मुख्यालयले जनाएको छ। दक्षिण सुडानबाट फर्कने शान्ति सैनिकहरु यहि असोज २० गते नेपाल आईपुग्ने मुख्यालयले जनाएको छ।