काठमाडौँ। चीनसँगको विवादबीच भारतीय सेना र वायुसेनाले जुनसुकै परिस्थितीसँग जुध्नका लागि संयुक्त तयारी सुरु गरेका छन्।
सेना र वायुसेनाको ‘जोइन्ट वार अपरेशन’ पनि सुरु भएको छ। लेह हवाई क्षेत्रमा वायुसेनाले सी–१७ एस, इल्यूशिन–७६ एस र सी–१३० जे सुपर हरक्यूलिस जेट तैनाथ गरेको छ।
यी फाइटर जेटले लगातार सीमामा उडान भरिरहेको छ। यी विमानमार्फत् सीमामा तैनाथ सेनाका जवानसम्म वायुसेनाले आवश्यक सामग्री ओसारपसारसमेत गरिरहेको छ।
वायुसेना र सेनाको संयुक्त युद्ध तयारीमा चीफ अफ डिफेन्स स्टाफ ९सीडीएस० जनरल विपिन रावतले सिडिएस सेना र वायुसेनालाई एकसाथ मिलाएर काम गर्ने योजना बुनिरहेका छन्।
एलएसीमा सेनाको ट्याङ्क पुग्यो
लद्दाख क्षेत्रमा तैनाथ वायुसेनाका एक वरिष्ठ कमान्डरले भारतीय समाचार एजेन्सीसँगको कुराकानीमा वायुसेना हेडक्वार्टरको आदेश अनुसार लद्दाख क्षेत्रमा तैनाथ सेना र अन्य सुरक्षा बललाई जे जति आवश्यकता छ, त्यो पुर्याउनु पर्ने जानकारी दिए।
एलएसी नजिकै सेनाका ट्याङ्क पनि युद्धाको तयारीका लागि पुगिसकेका छन्। त्यहाँ वायुसेनाका चिनूक र एमआई–१७ वी ५ एस हेलिकोप्टर तैनाथ गरिएका छन्। यसले एलएसीमा लगातार उडान भरिरहेको छ।