कर्णाली प्रदेशमा ६१ जना कोरोना संक्रमित थपिए



काठमाडौँ। बितेको २४ घण्टाभित्र कर्णाली प्रदेशमा ६१ जना कोरोना संक्रमित थपिएका छन्।

त्यस्तै आइतबार जम्मा २० जना मात्र कोरोना मुक्त भएका छन्। कर्णाली प्रदेश अस्पताल तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको आरटी पिसिआर परीक्षणमा ५८ र दैलेख अस्पतालमा गरिएको परीक्षणमा ३ गरी ६१ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य शिक्षा शाखाले जनाएको छ।

शाखाका अनुसार पछिल्लो २४ घण्टामा सुर्खेतमा कोरोना सङ्क्रमण पुष्टि हुनेमा कन्ट्याक्ट ट्रेसिङमा परेका ४८, एनसिसी बैंकका चार, विद्यार्थी दुई तथा आँखा अस्पताल, नेपाल टेलिकम, व्यापार र मजदूरी क्षेत्रका एकएक व्यक्ति छन्। दैलेखमा भने तीन नागरिकमा सङ्क्रमण देखिएको उउनले बताए।