काठमाडौँ। फिल्म ‘लक्ष्मीपूजा’ आगामी कार्तिक ७ गते फूलपातीको दिन प्रदर्शनमा आउने भएको छ।
सरकारले फिल्म क्षेत्र नखोले पनि चलचित्रले भने रिलिज मिति सार्वजनिक गर्दै अहिले टिजरसमेत ल्याएको छ। सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण भएको फिल्मको टिजर सस्पेन्स र रिभेन्ज फ्लेभरको छ।
टिजरमा फिल्मका कलाकारहरु जाहान्वी बस्नेत, जयकिशन बस्नेत, सलोन बस्नेत, रियाशा दाहाल, नीर शाहलगायत देखिएका छन्। समिर मियाँको निर्देशन रहेको फिल्ममा शोभित बस्नेत निर्माता छन्।
फिल्ममा जयकिशन बस्नेत, जाहान्वी बस्नेत, अस्मिता जुुरेली, नीर शाहको अभिनय रहेको छ। फिल्ममा सलोन बस्नेत र रियाशा दाहाल विशेष भूमिकामा देखिँदैछन्।
सरकारले फिल्म क्षेत्र खोले फिल्म निर्धारित मितिमै रिलिज हुने निर्माता शोभित बस्नेतले बताए। विपिन आचार्यको संगीत, दयाराम पाण्डेको गीत, केदार भुषालको लेखन, रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्ममा जयकुमार दर्लामीको छायांकन रहेको छ।