काठमाडौँ। नेपालले कोरोना संक्रमणको संख्यामा चीनलाई उछिनेको छ।
नेपालमा आइतबारसम्म ८६,८२३ जनामा कोरोना पुष्टि भएको छ। आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन मार्फत गराएको जानकारी अनुसार बितेको २४ घण्टामा देशभर २ हजार २ सय ५३ जना संक्रमित थपिएका छन्। योसँगै नेपालको संक्रमित संख्याले चीनलाई उछिनेको छ।
चीनमा अहिले कुल संक्रमितको संख्या ८५ हजार ४ सय ३४ रहेको छ भने नेपालको कुल संख्या ८६ हजार २ सय ५३ पुगेको छ। आइतबार चीनमा जम्मा १६ जना नयाँ संक्रमित देखा परेका छन्।
त्यहाँ ४ हजार ६ सय ३४ जनाको संक्रमणबाट मृत्यु भएको छ भने पछिल्ला महिना संक्रमणबाट मृत्यु भएको छैन। नेपालमा आइतबार १२ हजार ७८४ जनामा पीसीआर परीक्षणहुँदा २२ सय ५३ जनामा संक्रमण पुष्टि भएको हो। नेपालमा सक्रिय संक्रमित २२ हजार २१९ पुगेको छ।