सिन्धुपाल्चोक पुगे अल हन्ड्रेस एन्ड हर्ट्स र भिसिएन



काठमाडौँ। सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ७, नागपुजेमा गएको पहिरोबाट करिब ३० घरलाई क्षति पुगेपछि पहिरो पीडितलाई सहयोगी हातहरु जुटिरहेका छन्।

साथै उक्त पहिरोमा परी १९ जनाको मृत्यु भएको थियो। यस प्राकृतिक बिपत्तिबाट पीडित घरपरिवारमा सहयोग हेतु भिसिएनले बिगत दिनहरुमा जस्तै दैनिक उपभोगका विभिन्न सामाग्री वितरण गरेको छ।

यस सहयोगबाट ३० परिवारमा प्रत्यक्षरुपमा राहत पुग्ने विश्वास गरिएको छ। भान्सामा दैनिक प्रयोग हुने सामान तथा स्वास्थ्य किटहरु, ‘अल हेन्ड्स एन्ड हर्ट्स’ को सहयोगमा बाडेको हो। अचानक आइपर्ने प्राकृतिक बिपत्तिमा भोलेन्टियर कोर नेपालले ब्यक्तिगत तथा सामाजिक रुपमा लाभान्वित हुनेगरी गर्दै आएको सेवा सहयोगमा अन्य संघसंस्थासँग आवद्ध भएर जनमानसमा सहयोग हेतु स्थलगत सेवा प्रदान गर्दै आइरहेको छ।

जस अन्तर्गत हालसालै पहिरोबाट क्षति भोगिरहेका पिडित लगायत ज्यान गुमाएका परिवारहरुलाई किचन सामाग्री तथा हाईजिन किटहरु बितरण गरेको छ।

उक्त कार्यमा आकाश खड्का (अल हेन्ड्स एन्ड हर्ट्स), दिपक चापागाईं, राधा माताङी्, जनार्दन बस्नेत, वडा सदस्य बलराम थापालगायतले साथ दिएका थिए।