काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकहरुलाई जहाँ छौं, त्यही दशैं मनाउन अपिल गरेको छ।
आइतबार मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बढिरहेका बताउँदै यस पालिको दशैंका लागि यात्रा नगर्न आग्रह गरेका छन्। लकडाउन खोलेसँगै नेपालमा कोरोना संक्रमण तीव्र रुपमा फैलिइरहेको छ।
कोरोनाको थप जोखिमलाई दृष्टिगत गरेर जनस्वास्थ्यका मापदण्डहरुलाई कडाईका साथ पालना गर्ने र जरिवाना गर्ने गरी नयाँ प्रस्ताव पठाइएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन्।