मुख्यमन्त्री पोखरेलको गाडिमा ढुंगा प्रहार



काठमाडौँ। प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलको गाडीमाथि आइतबार साँझ बुटवलमा ढुङ्गा प्रहार भएको छ। संघीय राजधानी काठमाडौँबाट बुटवल फर्किदै गरेको मुख्यमन्त्री पोखरेलको गाडीमाथि बुटवलको चौराहमा ढुंगा प्रहार भएको प्रहरीले जनाएको छ।

साथै प्रहरीले ढुंगा प्रहार गर्ने केहि व्यक्तिलाई पक्राउ गरेको जनाएको छ। ढुंगा प्रहारबाट मुख्यमन्त्रीका अगुवा र पछुवा गाडीमा क्षति पुगेको जनाइएको छ। अहिले घटनास्थलमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जानकारी दिएको छ।