कोरोना मुक्त हुनेको संख्या ६४ हजार नाघ्यो



काठमाडौँ। देशभर कोरोना भाइरस मुक्त हुनेको संख्या ६४ हजार ६९ पुगेको छ।

आइतबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बितेको २४ घण्टामा १ हजार ३२९ जना निको भएको जानकारी दिएका छन्। यससँगै देशभर निको हुनेको संख्या ६४ हजार ६९ पुगेको छ। हाल कोरोना संक्रमितको कुल संख्या ८६,८२३ पुगेको छ।

आजमात्रै देशभर थप २२५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको गौतमले जानकारी दिए। उनले आज देशभर सक्रिय संक्रमित २२ हजार २१९ रहेको बताए। जसमा संस्थागत आइसोलेसनमा १० हजार ३२६ र होम आइसोलेसनमा ११ हजार ८९३ जना रहेका छन्।