काठमाडौँ। सन् २०१९ को डिसेम्बर महिनामा चीनको वुहानमा पहिलो पटक कोरोना संक्रमित भेटिएपछि विश्व त्राहिमाम बन्यो।
नेपालमा त्यसको करिब दुई महिनापछि अथार्त २०७६ माघ ९ गते पहिलो संक्रमित भेटिएका थिए। त्यसपछि दोस्रो संक्रमण चैत १० गते देखिएको थियो। त्यसपछि सरकारले ११ गतेदेखि नै लकडाउन घोषणा गर्यो।
अहिलेको अवस्थामा नेपालमा कोरोना भाइरस संक्रमितको संख्या चीनकोभन्दा बढी पुगिसकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ। जुन चीनमा भन्दा १ हजार ३७३ जनाले बढी हो। चीनको नेशनल हेल्थ कमिसनका अनुसार अहिलेसम्म मेनल्याण्ड चीनमा ८५ हजार ४५० संक्रमित फेला परेका छन्। शनिबार मेनल्याण्ड चीनमा १६ नयाँ संक्रमित थपिएका छन्, थपिएका सबै विदेशबाट आएका मानिसहरु हुन्।
एक सय २० दिनपछि सरकारले आवश्यकता र अवस्थाका आधारमा स्थानीय तहलाई नै जिम्मेवारी दिँदै लकडाउन केही खुकुलो बनायो। आज आएर हेर्दा तत्कालिन अवस्थामा एक जना संक्रमित देखिदा डराएको सरकार र जनताहरु अहिले संक्रमतिको कुरा छोडौं दिनमा एक दर्जन मान्छेहरु कोरोनाबाट मरिरहेका छन्। हजारौंको संख्यामा संक्रमितहरु बढिरहेका छन्।
तर, सरकारले लकडाउन र निषेधाज्ञा पूर्ण रुपमा हटाएको छ। जनताहरु पनि लकडाउन र निषेधाज्ञालाई सहन त के सुन्नसमेत नचाएको जस्तो गरिरहेका छन्। केही व्यक्तिहरु त कोरोनालाई केही पनि होइन भनेर भ्रम फिजाइ रहेका छन्। केही व्यक्तिहरुले कोरोनालाई महामारीको रुपमा ब्याख्या गरिहरेका छन्। तर, बजारमा आएका दुबै थरी टिप्पणीहरु अर्ध सत्य हुन्। पूर्ण सत्य होइनन्। कोरोना जानकार र स्वास्थ्य विज्ञानका अनुसार लक्षण भएका र नभएका दुई थरिका बिरामीहरु देखा परिहेका छन्। सामान्य संक्रमण र सक्रिय संक्रमित।
जसलाई सामान्य संक्रमण वा लक्षण नभएको कोरोना देखिएको छ, त्यस्ता व्यक्तिहरुले कोरोना केही पनि होईन, सामान्य भूष हो भनिरहेका छन्। तर, काठमाडौँ उपत्यमा कोरोना भुषको आगोसरी फैलिएको अवस्थाप्रति नजरअन्दाज गरेर गरिएका यस्ता टिप्पणीहरुले भ्रम फैलाउन सहयोग गरिरहेका छन्।
अर्कातर्फ कोरोना निक्कै डरलाग्दो महामारी हो भन्ने खालका कुराहरु छन्। तर, मृत्य र संक्रमितको तथ्याङक हेर्दा यस्ता कुराहरु पनि आरोप मुक्त हुन सक्दैनन्। त्यसैले कोरोनाबाट बाँच्न सकिन्छ। बचाउँन सकिन्छ। सचेत नागरिकहरुले अरु कुराहरुभन्दा यतातिर ध्यान दिनु राम्रो हुन्छ।
नेपालमा चिसोको मौसम सुरु भइसकेको छ। गर्मीको बेलाभन्दा चिसोको समयमा कोरोनाले ब्यापक रुप लिने अवस्था आउँदा पनि सरकार निदाइ रहेको छ। कोरोना कसरी नियन्त्रण गर्ने र जनतालाई कसरी बचाउने ? भन्ने भन्दा पनि सत्ता, शक्ति र सम्पत्ति कसरी कमाउने भन्नेमा लिप्त देखिन्छ। राजनीतिक नियुक्तिदेखि कमिसनसम्मका खेलहरुमा डुबेको देखिन्छ। जनताहरुले आफ्नो दैनिकी टार्न गाह्रो भएको भन्दै सडकमा निस्किसकेका छन्। मान्छेहरुको भिड हुेन सरकारी कार्यालयहरुमा कोरोना संक्रमण फैलिने उक्तिकै सम्भावना देखिन्छ।
यसरी भिड हुने मध्येको एक सरकारी कार्यालय हो परराष्ट्र विभाग। जहाँ राहधानी बनाउने बेरोजगारदेखि अमेरिकाको लागि डिभि भर्नेहरुको बाग्लो भिड देखिन्छ। केशर पुस्तकालय, लैनचौर आसपासमा ठेलम ठेल छ। अनलाई फर्म भर्नेदेखि राहदानीको लागि फोटो लिने स्थानसम्म सामाजिक दुरी कुन चराको नाम? सरकारले तोकेको स्वास्थ्य मापदण्ड त्यहाँ न नागरिकले पालना गरेका छन्। न त सरकारी कर्मचारीले नै। जता ततै लाइनमा उभिनु पर्ने अवस्था छ।
लकडाउन खुल्दा विक्तिकै भिड बढेको विभागका अधिकारी बताउछन्। केही सेवा ग्राहीसँग सोध्दा डिभि भर्ने समय नजिकिएकोले राहदानी बनाउन आएको बताउछन्। निक्कै थोरै व्यक्तिहरु अन्य प्रायेजनका लागि राहदानी बनाउन पुगेको बताउछन्।
तस्बिर: धनराज वास्तविक