गगन थापालाई कोरोना संक्रमण पुष्टि



काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापालाई कोरोना संक्रमण पुष्टि भएको छ।

पूर्वस्वास्थ्यमन्त्री समेत रहेका थापामा कोरोना संक्रमण पुष्टि भएको उनको सचिवालयले जानकारी दिएको छ। केन्द्रीय समिति बैठकअघि बिहीबार कांग्रेसका नेता, केन्द्रीय कार्यालयका कर्मचारी र सुरक्षाकर्मी गरी १५९ जनाको स्वाब संकलन गरिएको थियो। केन्द्रीय सदस्य थापासहित

थापासहित कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, शम्भुलाल श्रेष्ठलगायतका नेतामा आधा दर्जनमा कोरोना सक्रमण पुष्टि भएको छ।