प्रधानमन्त्रीका सल्लाहकारहरुमा कोरोना पोजेटिभ



काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालाई कोरोना संक्रमण पुष्टि भएको छ।

त्यस्तै विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि संक्रमण देखिएको छ। शनिबार प्रमुख राजनीतिक सल्लाहकार रिमालले ट्वीटरमार्फत आफू संक्रमित भएको जानकारी दिएका हुन्।

उनले भनेका छन्, ‘हिजोको एपीसीआर परीक्षणबाट ममा पनि कोरोना–पोजिटिभ देखियो। यसबीच मसँग सम्पर्कमा आउनु भएका सबै माहानुभावले आफ़्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग़्रह गर्दछु।’

त्यस्तै प्रधानमन्त्री निवास बालुवाटारमा खटिएका ६७ सुरक्षाकर्मीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। नेपाली सेनालका २८, नेपाल प्रहरीका १९ (शुक्रबार २ र शनिबार १७ जना), सशस्त्र प्रहरीका १८ जना र राष्टिय अनुसन्धान विभागका दुई जनामा कोरोना संक्रमण देखिएको छ।