अनशनको २०औँ दिन: केसीको जीवनरक्षार्थ राजधानीमा प्रर्दशन



काठमाडौँ। २० दिन पहिलेदेखि चिकित्सा शिक्षा सुधारको माग गर्दे अनसन बसेका डा.गोविन्द केसीको जीवनरक्षाको माग गर्दै राजधानीको माइतीघरमा प्रदर्शन भएको छ।

शनिबार अनसनरत केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले जीवन रक्षाको मागगर्दै युवाहरुले राजधानीमा प्रदर्शन गरेका हुन्। अनसनको २० दिन पुग्दासमेत सरकारले केसीका मागहरु पुरा गर्न कुनै कदम चाल्न नसकेको प्रदर्शनकारीहरुको आरोप छ। ६ बुँदे माग अघि सारेर जुम्लाबाट गत भदौ २९ गतेबाट जुम्लामा अनसन थालेका केसी अहिले त्रिवि शिक्षण अस्पतालमा छन्।

प्रदर्शनमा सहभागीहरुले केसीको अवस्था जटिल बन्दै गएको बताएका छन्। केसीको स्वास प्रश्वासमा समस्या देखिएको, बोल्न सक्ने अवस्था नरहेकोले तत्काल माग पुरा गरी केसीको माग पूरा गर्न माग गरिएको हो।